मानवअधिकार आयोगले सरकारलाई भन्यो- शान्तिसुरक्षा सुदृढ बनाऊ

हिमाल प्रेस २२ असोज २०८२ १२:४५
10
SHARES
मानवअधिकार आयोगले सरकारलाई भन्यो- शान्तिसुरक्षा सुदृढ बनाऊ

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले शान्तिसुरक्षा र विधिको शासनलाई सुदृढ बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्य र संयमतापूर्वक आवश्यक कदम चाल्न सरकारलाई निर्देशन दिएको छ। आयोगले बुधबार विज्ञप्ति जारी गरी यस्तो निर्देशन दिएको हो।

यसैगरी आयोगले आगामी दिनमा विभिन्न समूहले गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। आयोगले यस प्रकारका कार्यमा सघाउन आयोग नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकार समुदायलाई अपिल गरेको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेन्जी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन, विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरुबाट अभिव्यक्त विचार र त्यसबाट शान्ति सुरक्षामा पार्न सक्ने प्रभाव तथा मानव अधिकारको उपभोगमा आउनसक्ने अवरोधका घटनाहरुलाई आयोगले गम्भीरतापूर्वक लिएको छ।’

आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिनुका साथै विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण संकलन गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको छ।

प्रकाशित: २२ असोज २०८२ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast