फाइल तस्बिर
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ।
सोमबार यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बाहिरिएको विभागले बुलेटिन जारी गरी जनाएको छ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए।
मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने जनाइएको छ।
प्रकाशित: २० असोज २०८२ १७:००
प्रतिक्रिया




