प्रमुख आठ नदीमा खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

हिमाल प्रेस १९ असोज २०८२ ९:२६
12
SHARES
प्रमुख आठ नदीमा खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि सप्तकोशी। तस्बिर : विवेक विवश रेग्मी/फाइल तस्बिर

काठमाडौँ– अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन्। जल तथा मौसम विज्ञान विभागका आइतबार बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’ अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरुमा बाढीले खतराको तह पार गरेका हुन्।

विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरुमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ। उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेश प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ।

यसैगरी कोशी मधेश प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

बागमती प्रदेश र मधेश प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छ भने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ। जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले बिहान जारी गरेको सूचनामा उल्लेख छ।

ती नदीमा आइतबार बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ।

प्रकाशित: १९ असोज २०८२ ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast