मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए भोजपुरी भाषामा शपथ

हिमाल प्रेस २९ पुष २०७९ १३:३४ | Friday, January 13, 2023
मधेश प्रदेशका मुख्यमन्त्री यादवले लिए भोजपुरी भाषामा शपथ

जनकपुरधाम- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिए। मुख्यमन्त्री यादवसँगै तीन जना मन्त्रीहरूले समेत शपथ लिएका छन्।

यस्तै एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्रीको शपथ लिएका हुन्। उनीहरूको मन्त्रालय भने पछि तोकिने छ।

प्रकाशित: २९ पुष २०७९ १३:३४ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast