उपत्यकाका खोलामा बढ्यो जलसतह

हिमाल प्रेस १८ असोज २०८२ १४:४१
12
SHARES
उपत्यकाका खोलामा बढ्यो जलसतह

काठमाडौँ- निरन्तरको वर्षाका कारण उपत्यकाका खोला–नदीको जलसतह बढ्को छ। वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत नदी तथा खोलामा जलसतह बढेको हो।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

हाल विशेष गरी गण्डकी प्रदेशको पुर्वी भू–भाग देखि कोशी प्रदेश सम्म नै अधिकांश स्थानहरूमा मेघगर्जन ÷चट्याङ सहित वर्षा भैरहेको बिभागले जनाएको छ।

सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिम को सम्भावना रहने पूर्वानुमान गरिएको छ।

प्रकाशित: १८ असोज २०८२ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast