नराम्रो काम गर्दिनँ, गर्न पनि दिन्‍नँ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २९ पुष २०७९ १२:२९ | Friday, January 13, 2023
नराम्रो काम गर्दिनँ, गर्न पनि दिन्‍नँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नराम्रा काम नगर्ने र गर्न पनि नदिने बताएका छन्। नेपाल हस्तकला महासंघको शुक्रबार भएको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा भाषणभन्दा पनि राम्रो काम गरेर देखाउने बताएका हुन्।

‘राजनीतिक परिवर्तनलाई अब आर्थिक क्रान्तिमा परिणत गर्ने गरी काम अगाडि बढाएको छु,’ उनले भने, ‘अहिले जनताले ठूलो अग्नि परीक्षा लिएका छन्। सबै राजनीतिक नेता, दलहरूका लागि परीक्षाको घडी हो, त्यसमा पास हुनैपर्ने छ।’

यस्तै उनले हस्तकला क्षेत्र विकासको अर्गानिक क्षेत्र रहेका बताए। हस्तकला असीमित सम्भावनाको क्षेत्र भएको भन्दै उनले सातै प्रदेशमा विस्तारका लागि पहल गर्ने बताए।

‘हस्तकलालाई शिक्षा क्षेत्रमा प्रवेश गराउने र पुस्ता हस्तान्तरणलार्य सहज गराउन बजेटको व्यवस्था गरिने छ,’ उनले भने।

प्रकाशित: २९ पुष २०७९ १२:२९ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast