यात्रुवहाक फोर्स गाडी सल्यानमा दुर्घटना

हिमाल प्रेस १६ असोज २०८२ ११:११
यात्रुवहाक फोर्स गाडी सल्यानमा दुर्घटना

सल्यान– सल्यानको कुमाख गाउँपालिका १ बुरेली खोलामा यात्रुवहाक फोर्स गाडी दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज बिहान नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारीको लागि छुटेको ६७८८ नम्वरको हाईस गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर पाँच जना यात्रु घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा चौरजहारी नगरपालिका ५ का ५० वर्षीय बुद्धि बिक, सानीभेरी गाउँपालिका १० का ३४ वर्षीय मदन खड्का र चौरजहारी नगरपालिका १४ का २२ वर्षीय दिनेश ओली रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि चौरजहारी अस्पतालमा ल्याइएको छ। गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भइरहेको अस्पतालका चिकित्सकले जनाएका छन्। गाडी अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको बताइएको छ। उक्त गाडीमा १८ जना यात्रु सवार रहेका थिए ।

प्रकाशित: १६ असोज २०८२ ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast