
बैतडी– बैतडी भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
खोल्सीबाट पाटन बजारका लागि छुटेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।
उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।
प्रकाशित: १५ असोज २०८२ १४:२८
प्रतिक्रिया