फिलिपिन्स भूकम्प : मृतकको संख्या ६० बढी

हिमाल प्रेस १५ असोज २०८२ १०:२७
18
SHARES
फिलिपिन्स भूकम्प : मृतकको संख्या ६० बढी तस्बिर : एफपी

काठमाडौँ- फिलिपिन्समा आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ। भूकम्पमा परी सयौँ मानिस घाइते भएका छन्।

फिलिपिन्सको सेबु प्रान्तमा मंगलबार राति ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको हो। भूकम्पपछि सेबु प्रान्तमा लगातार धक्काहरू महसुस भएका छन्।

नागरिक सुरक्षा कार्यालय (ओसीडी) का उपप्रशासक राफेलिटो एलेजान्ड्रोका अनुसार भुइँस्तरमा अवस्था निकै खराब छ। उनले ओसीडीलाई ६० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी प्राप्त भएको बताएका छन्।

बोगो सहरका अधिकारीहरूले भूकम्पले ठूलो क्षति पुर्‍याएको बताएका छन्। विभिन्न प्रयासहरूको बाबजुद मृतक र घाइतेको संख्या बढ्दै गएको उनीहरूको भनाइ छ।

फिलिपिन्स इन्स्टिच्युट अफ भल्केनोलोजी एन्ड सेस्मोलोजीका अनुसार भूकम्पपश्चात यस क्षेत्रमा कम्तीमा ६११ पटक धक्का महसुस गरिएको छ।

यसैबीच सेबुको सरकारले सम्पूर्ण प्रान्तभर आपतकाल घोषणा गरेको छ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जनतालाई सतर्क रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

उनका अनुसार विद्युत आपूर्ति र पुनःस्थापना गर्ने काम भइरहेको छ र अस्पतालहरूमा अतिरिक्त स्वास्थ्यकर्मी पठाइएका छन्।

प्रकाशित: १५ असोज २०८२ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast