फिलिपिन्स : भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो

हिमाल प्रेस २५ जेठ २०८३ १२:३२ | Monday, June 8, 2026
18
SHARES
फिलिपिन्स : भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो फिलिपिन्समा सोमबार गएको भूकम्पपछि मानवीय सहायतामा जुटेका रेडक्रसका कार्यकर्ताहरू। तस्बिर : एपी/रासस

काठमाडौँ- फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन्।

बीबीसीले फिलिपिन्स सिभिल डिफेन्स कार्यालयका अधिकारीहरूका अनुसार भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको उल्लेख गरेको छ। स्थानीय सिभिल डिफेन्स कार्यालयका निर्देशक रोड्रिगो सोस्मेञाले १२ जनाको मृत्यु सोक्सक्सर्जेन क्षेत्रमा भएको बताए। यो क्षेत्र दक्षिण कोटाबातो, सुल्तान कुदारात, सारांगानी र जनरल सान्तोस सिटी गरी चार प्रान्त र एक सहरमा फैलिएको छ।

उनका अनुसार सोही क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएका छन्।

भूकम्पका कारण दक्षिणी फिलिपिन्समा दुई दर्जनभन्दा बढी भवनहरू क्षतिग्रस्त भएका छन्। स्थानीय अधिकारीहरूले थप क्षतिको विवरण संकलन भइरहेको जनाएका छन्।

भूकम्प विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भइरहेका बेला गएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा जमिन हल्लिँदा विद्यार्थीहरू डराएर चिच्याइरहेको देखिन्छ। शिक्षकहरूले साना बालबालिकालाई अँगालो हाल्दै शान्त पार्ने प्रयास गरेको दृश्य पनि देखिएको छ।

भूकम्प सोमबार बिहान ०७:३७ बजे फिलिपिन्सको दक्षिणी छेउमा गएको हो। घाइतेहरूको खोजी र उद्धार जारी रहेको समाचारमा उल्लेख छ।

प्रकाशित: २५ जेठ २०८३ १२:३२ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast