दसैँ अवधिभर पानी परिरहने सम्भावना [तीन दिनको मौसम पूर्वानुमानसहित]

हिमाल प्रेस १४ असोज २०८२ २१:०९ | Tuesday, September 30, 2025
दसैँ अवधिभर पानी परिरहने सम्भावना [तीन दिनको मौसम पूर्वानुमानसहित] फाइल तस्बिर

काठमाडौँ-  नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने अनुमान जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको छ। न्यूनचापीय प्रणालीका कारणले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ बाट कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको महाशाखाले मंगलबार राति जनाएको हो।

‘नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ’, महाशाखाको बुलेटिनमा उल्लेख छ।

असोज १७ : कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

असोज १८ : कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।

असोज १९ : कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रही दसैँको अन्तमा मनसुन सक्रियसमेत हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। महाशाखाले सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: १४ असोज २०८२ २१:०९ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast