इजरायलले कतारसँग किन माग्यो माफी?

हिमाल प्रेस १४ असोज २०८२ १५:३१ | Tuesday, September 30, 2025
इजरायलले कतारसँग किन माग्यो माफी?

काठमाडौँ- इजरायलले कतारमाथि गरेको आक्रमणका लागि माफी मागेको छ। कतारको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो।

मन्त्रालयका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूबीच टेलिफोन वार्ता भएको थियो।

फोन वार्ताका क्रममा इजरायलले कतरामाथि गरेको आक्रमणका लागि माफी मागेको मन्त्रालयको विज्ञप्तिमा दाबी गरिएको छ। कतारका प्रधानमन्त्रीले ‘शान्ति स्थापना गर्ने प्रयासका लागि’ राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्।

इजरायली प्रधानमन्त्रीले भविष्यमा कतराको कुनै पनि क्षेत्रमा निशाना नबनाउने वाचा गरेको विज्ञप्तिमा भीनएको छ।

यही महिनाको सुरूवातमा इजरायलले दोहास्थित एक घरमा रहेका हमास नेताहरूलाई लक्षित गरेर आक्रमण गरेको थियो। हमासको भनाइअनुसार उक्त आक्रमणमा उसका पाँच जना सदस्य र कतारको एक सुरक्षा अधिकारीको मृत्यु भएको थियो।

प्रकाशित: १४ असोज २०८२ १५:३१ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast