राजमार्गमा सवारीको चाप

हिमाल प्रेस १३ असोज २०८२ १६:२१ | Monday, September 29, 2025
राजमार्गमा सवारीको चाप

काठमाडौँ- दसैँको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा बिभिन्न राजमार्गमा सवारी चाप बढेको छ।

बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्गलगायतका राजमार्गमा सवारी चाप बढेको हो। बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाखबढी सर्वसाधारण बाहिरिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि फूलपातीसम्म करिव पाँच लाख सर्वसाधारणले काठमाडौँ छाडेका छन्।

अधिकांश सडकमा ट्राफिक जामले गन्तव्यमा पुग्न समस्या भएको यात्रुहरुले गुनासो गरेका छन्। ट्राफिक प्रहरीले आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ।

प्रकाशित: १३ असोज २०८२ १६:२१ | Monday, September 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast