दसैँ लाग्दा पनि अवरुद्ध नै छन् यी राजमार्ग, कुन कुन सडकमा चल्न सक्दैनन् सवारी?

हिमाल प्रेस १३ असोज २०८२ ८:५७
4
SHARES
दसैँ लाग्दा पनि अवरुद्ध नै छन् यी राजमार्ग, कुन कुन सडकमा चल्न सक्दैनन् सवारी?

काठमाडौँ– देशका विभिन्न स्थानमा अविरल वर्षाले सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सोमबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै संखुवासभा, रसुवा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न सडक पूर्ण रूपमा बन्द भएको जनाएको छ ।

कोशी प्रदेशअन्तर्गत संखुवासभा जिल्लामा कोशी राजमार्गका दुई स्थान अवरुद्ध भएका छन् । भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा लगातारको वर्षाका कारण राजमार्ग बन्द भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बागमती प्रदेशका रसुवा र सिन्धुपाल्चोकमा बाढी तथा पहिरोले सडकमा क्षति पुर्‍याएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल–चीन नाका जोड्ने पुल बन्द भएको छ भने सोही गाउँपालिकाको तातोपानी क्षेत्रमा खसेको पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड पनि रोकिएको छ ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्गका दुई स्थान—सुनकोशी गाउँपालिका–७ को ‘एक किलो’ र भोटेकोशी गाउँपालिका–२ को ‘बाह्र किलो’मा खसेको पहिरोले यातायात अवरुद्ध भएको छ।

प्रहरीले सम्बन्धित निकायसँग सहकार्य गरेर अवरुद्ध स्थानहरू खुलाउने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित: १३ असोज २०८२ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast