तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर फर्किएपछि विराटनगरका मेयरले गरे जलेका संरचना निरीक्षण

हिमाल प्रेस १३ असोज २०८२ ५:३७
22
SHARES
तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर फर्किएपछि विराटनगरका मेयरले गरे जलेका संरचना निरीक्षण

इटहरी- विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको जलेका संरचनाको निरीक्षण गरेका छन् । विराटनगरस्थित कोइराला निवाससहित जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षण गरेका हुन् ।

तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर गृहनगर फर्किएका मेयर कोइरालाले आइतबार जेनजी आन्दोलनका क्रममा क्षति भएको कोइराला निवाससहित महानगरको प्रशासनिक भवन, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतको घर र कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेका हुन् ।

प्रजातान्त्रिक आन्दोलनको धरोहरका रूपमा रहेको कोइराला निवास पुगेर उनले निरीक्षण गरेका थिए । सो क्रममा मेयर कोइराला विक्षिप्त भए ।

उनले निवासलाई पहिलाकै अवस्थामाफर्काउनआफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘यो जलेको घरले देशमा आजको अवस्था ल्याउन अग्रणी भूमिका खेलेको थियो । इतिहासलाई भेट्ने प्रयास गरिएको छ । यो खरानी भएको घर हेर्दा मनिकै भावुकभएको छु,’ उनले भने, ‘तर यही खरानीको घरको माटोमा उभिएर भन्छु हामी पहिलाकै अवस्थामा पुग्नेछौं । जेनजीले सोचेजस्तै नेपाल बनाउनेछौं।’

पिताजी कृष्णप्रसाद कोइरालाले १ सय ८ वर्षअघि निर्माण गरेको कोइराला निवास भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो । सोही घरबाट पिताजीले राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई फाटेको भोटो पठाएर देश र जनताको अवस्थाबारे जनाकारी दिँदै प्रजातन्त्रका पक्षमा सांकेतिक विद्रोह गरेका थिए ।
मेयर कोइरालाले महानगरको निरीक्षणपछि भौतिक संरचनाजले पनि जनताको सेवा गर्ने हिम्मत र साहस नजलेको प्रतिक्रिया दिए । उनले जनताको प्रत्यक्ष पहुँच भएको महानगर जलाएकोमा दुःख व्यक्त गर्दै भने, ‘सम्पूर्ण कागजपत्र जलेका कारण जनताले नै दुःख पाउने अवस्था सिर्जना भएको छ । जे नहुनुपर्ने थियो भयो अब सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’

त्यस्तै मेयर कोइरालाले महानगर,वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेतको निवाससहितकांग्रेस पार्टी कार्यालयको पनि निरीक्षण गरेका थिए ।
मेयर कोइरालाविराटनगर–८ स्थित श्रद्धाश्रम निर्माणका लागि सहयोग जुटाउन अष्ट्रेलिया भ्रमणमा गएका थिए । अष्ट्रेलियामा रहँदा मेयर कोइरालाले एनआरएनएले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनले विराटनगरको विकासका लागि मन खोलेर सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित: १३ असोज २०८२ ५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast