गाँजासहित दुई महिला पक्राउ

हिमाल प्रेस १२ असोज २०८२ १०:३५ | Sunday, September 28, 2025
गाँजासहित दुई महिला पक्राउ

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम छन्।

प्रहरी चौकी नेपालटारका गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा दुई महिला र उनीहरूका साथबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले बताए।

उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्षका साथ उनीहरूले गाँजा खरिद गरेर फर्कने क्रममा कमानमा प्रहरी गस्ती टोलीले पक्राउ गरेको उनले बताए।

पक्राउ गरिएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित: १२ असोज २०८२ १०:३५ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast