कति छ तरकारीको मूल्य?

हिमाल प्रेस ११ असोज २०८२ ८:४१
2
SHARE
कति छ तरकारीको मूल्य?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।

गोलभेँडा ठूलो नेपाली प्रतिकेजी रु. ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु. ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु. ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु. ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु. ४५, आलु रातो प्रतिकिलो रु. ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु. ३६, आलु रातो (मुडे) प्रतिकिलो रु. ४५, आलु सेतो प्रतिकेजी रु. ४०, प्याज सुकेको भारतीय प्रतिकिलो रु. ४४, गाजर (लोकल) प्रतिकिलो रु. १३०, गाजर (तराई) प्रतिकिलो रु. १००, लोकल बन्दा प्रतिकिलो रु. ५५, काउली स्थानीय प्रतिकिलो रु. १००, रातो मूला प्रतिकेजी रु. ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु. ५५, भन्टा लाम्चो प्रतिकिलो रु. ३०, भन्टा डल्लो प्रतिकिलो रु. ४०, तने बोडी प्रतिकिलो रु. १४०, मकै बोडी प्रतिकिलो रु. १२० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु. २२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु. १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु. १३०, टाटे सिमी प्रतिकिलो रु. ७०, भटमास कोसा प्रतिकिलो रु. १२०, तीतो करेला प्रतिकिलो रु. ७०, लौका प्रतिकिलो रु. ७०, परबर (लोकल) प्रतिकिलो रु. १००, परबर (तराई) प्रतिकिलो रु. १००, चिचिण्डो प्रतिकिलो रु. ४५, घिरौँला प्रतिकिलो रु. ९०, झिगुनी प्रतिकिलो रु. ९०, फर्सी पाकेको प्रतिकिलो रु. ८०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु. ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु. ५०, सलगम प्रतिकिलो रु. १००, भिण्डी प्रतिकिलो रु. १०० कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकेजी रु. १००, बरेला प्रतिकेजी रु. १००, पिँडालु प्रतिकिलो रु. ८०, स्कूस प्रतिकिलो रु. २५, रायोसाग प्रतिकिलो रु. १००, पालुङ्गो साग प्रतिकेजी रु. १००, चमसुर साग प्रतिकेजी रु. २००, तोरीको साग प्रतिकिलो रु. ६०, हरियो प्याज प्रतिकिलो रु. ८०, च्याउ (कन्य) प्रतिकिलो रु. २५०, च्याउ (डल्ले) प्रतिकिलो रु. ४००, कुरिलो प्रतिकिलो रु. ४००, निगुरो प्रतिकिलो रु. ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु. २००, चुकुन्दर प्रतिकिलो रु. ७०, सजीवन प्रतिकिलो रु. २००, रातो बन्दा प्रतिकिलो रु. २००, जिरीको साग प्रतिकिलो रु. १००, सेलरी प्रतिकिलो रु. २००, पार्सले प्रतिकिलो रु. ७००, सौफको साग प्रतिकिलो रु. २५०, पुदिना प्रतिकिलो रु. ७००, इमली प्रतिकिलो रु. १८०, तामा प्रतिकिलो रु. १२०, तोफु प्रतिकिलो रु. १५० र गुन्द्रु.क प्रतिकिलो रु. ३०० तोकेकोे छ ।

प्रकाशित: ११ असोज २०८२ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast