प्रचण्डले भने- अब म पार्टी अध्यक्ष होइन

हिमाल प्रेस १० असोज २०८२ १८:०८ | Friday, September 26, 2025
प्रचण्डले भने- अब म पार्टी अध्यक्ष होइन नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब पार्टीको अध्यक्षका रूपमा नरहेको बताएका छन्।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अब पार्टीको अध्यक्ष पदमा नरहेको र महाविधेशन आयोजक समितिको संयोजक बनेको बताएका हुन्।

प्रचण्डले केन्द्रीय समितिको बैठक सफतापूर्वक सम्पन्न गरिएको प्रतिक्रिया दिए। माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।

उनले भने, ‘अब केन्द्रीय समिति बनाउँदा या वडा, पालिका समिति या प्रदेश समिति बनाउँदा पनि हामीले जेनजी युवाहरुलाई प्राथमिकता दिनैपर्छ।’ उनले राष्ट्र संकटमा परेकाले पार लगाउनका लागि सबै कार्यकर्तालाई गम्भीर हुन निर्देशन दिएका छन्। प्रचण्डले भने, ‘तपाईँहरूले आफ्नोआफ्नो एरियाभित्र, आफ्नोआफ्नो जिम्मेवारीभित्र आफ्नोआफ्नो मोर्चाभित्र जेनजी खोज्न पर्यो। अलि गतिशील, सक्रिय र सक्षम जेनजीलाई संगठित गरेर अगाडि ल्याउनुप¥यो।’

प्रकाशित: १० असोज २०८२ १८:०८ | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast