प्रचण्ड-ओलीबीच मन्त्रालय भागबण्डामा सहमति

हिमाल प्रेस २८ पुष २०७९ २१:४७ | Thursday, January 12, 2023
प्रचण्ड-ओलीबीच मन्त्रालय भागबण्डामा सहमति फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेको मन्त्रिपरिषद्लाई चाँडै नै विस्तार गर्ने भएका छन्। सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा बिहीबार रातिसम्म भएको भेटवार्ताका क्रममा दुई प्रमुख साझेदारहरूबीच मन्त्रालय बाँडफाँडबारे सहमति जुटेको हो।

सत्तासाझेदार नेकपा माओवादी केन्द्र र एमाले अध्यक्षबीच यही विषयमा बुधबार (हिजो) पनि ओली निवास बालकोटमा छलफल भएको थियो। दुवै भेटमा संघीय मन्त्रालयहरूको भागबण्डाबारे छलफल भएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए।

छलफलमा दुवै नेताबीच मन्त्रालय भागबण्डामा करिब सहमति जुटेको बताइएको छ। सत्तासाझेदार दल एमालेले ९, माओवादी केन्द्रले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले १ राज्यमन्त्रीसहित ४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले ३, जनमत र नागरिक उन्मुक्ति पार्टीले २/२ मन्त्रालयको दाबी गर्दै आएका छन्।

मन्त्रालय भागबण्डाका लागि साझेदार दलहरूको बैठक बस्ने या सिधै मन्त्रीहरूको नाम माग्ने भन्ने विषयमा ओली र प्रचण्डले आ-आफ्नो दलमा छलफल गरेपछि तय हुनेछ। यसबीचमा प्रचण्डले सत्तासाझेदार अन्य दलहरूसँग पनि अनौपचारिक संवाद गर्नेछन्।

प्रकाशित: २८ पुष २०७९ २१:४७ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast