सहरमा आज : यी हुन् काठमाडौँका हलमा प्रदर्शनरत फिल्म

सुस्मिता बजगाईं ११ असोज २०८२ ६:२२
4
SHARES
सहरमा आज : यी हुन् काठमाडौँका हलमा प्रदर्शनरत फिल्म

काठमाडौँ- आज असोजको दोस्रो शनिबार। गाउँ/सहरमा दसैँको चहलपहल सुरु भइसकेको छ। सहरबासीहरू गाउँ जाने क्रम बढिरहेको छ। यसैक्रममा सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ।

जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
यो साता आर्ट काउन्सिलमा प्रदर्शनी चलिरहेको छ। त्यस्तै, हलमा हिन्दी फिल्मको वर्चश्व छ। हेरौं कुन हलमा कुनकुन फिल्म चलिरहेको छ?

आर्ट काउन्सिलमा नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल २०२५
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल-२०२५’ चलिरहेको छ। ‘रुट्स एन्ड रिफ्लेक्सन’ शीर्षकमा चलिरहेको चित्रकला प्रदर्शनीको आज अन्तिम दिन हो।

प्रदर्शनीमा १ सय ५० कलाकारका दुई सयभन्दा बढी चित्रकला, मूर्तिकला राखिएको छ। प्रदर्शनीले काउन्सिलको तीनै तला ढाकिएको छ। आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा चलिरहेको प्रदर्शनीमा प्रवेश निःशुल्क छ।
हलमा कुनकुन फिल्म?

दे कल हिम ओजी
हिन्दी फिल्म ‘दे कल हिम ओजी’ नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्ममा कलाकार सुजित, पवन कल्याण, इरमान हास्मी, प्रियंका मोहनलगायत कलाकारको अभिनय गरेका छन्।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, अष्टनारायण हलमा फिल्मको चलिरहेको छ।

वान ब्याटल आफ्टर एनोदर
अंग्रेजी फिल्म ‘वान ब्याटल आफ्टर एनोदर’ नेपालमा असोज १० देखि प्रदर्शन भइरहेको छ। एक्सन, क्राइम र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक पल थोमस एन्डरसन हुन्। फिल्ममा लियोनार्डो डि क्याप्रियो, सन पेन, बेनिसियो डेल टोरोलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर र दरबार सिनेम्याक्समा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल फिल्म ‘वान ब्याटल आफ्टर एनोदर’ चलिरहेको अन्य हल हुन्।

जोली एलएलबी ३
बलिउड फिल्म ‘जोली एलएलबी ३’ असोज २ देखि नेपाली हलमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको छ। सुभाष कपुर निर्देशित फिल्ममा अक्षय कुमार, अरशद वारसी, हुमा कुरेशीलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘जोली एलएलबी ३’ चलिरहेको अन्य हल हुन्।

मिराइ
बलिउड फिल्म ‘मिराइ’ अहिले नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एकसन र थ्रिलर जनरामा बनेको छ। कार्तिक गट्ट मनेनी र अनिल आनन्द निर्देशित फिल्ममा तेजा सज्जा, मनोज कुमार मन्चु, श्रिया सरनलगायत कलाकारको अभिनय छ।
वान सिनेमाजअन्तर्गत शनिबार उपत्यकाको आइप्लेक्स मल, बिग मुभिज, सिटी सिनेमाज फिल्म ‘मिराइ’ चलिरहेको अन्य हल हुन्।

द कन्जुरिङः लास्ट राइट्स
हलिउड फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’ भदौ २० देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक माइकल चाभेस हुन्। फिल्ममा भेरा फार्मिगा, प्याट्रिक विल्सन म्याडिसन ललरलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, छाया सेन्टर, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’ प्रदर्शनरत छ।

डेमन स्लेयर
जापानीज फिल्म ‘डेमन स्लेयर’ नेपालमा चलिरहेको छ। एडभेञ्चर जनरामा बनेको फिल्ममा नात्सुकी हाने, सायोरी हायामी, अकारी किटोलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक हारुओ सोटोजाकी हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्म ‘डेमन स्लेयर’ प्रदर्शन भइरहेको छ।

रिमै

भदौ २० देखि हलमा नेपाली फिल्म ‘रिमै’ प्रदर्शन भइरहेको छ। अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका रहेको फिल्म प्रेम कथासहित गुरुङ समुदायको संस्कार र संस्कृतिमा आधारित छ। फिल्म खिलबहादुर गुरुङको निर्देशनमा बनेको हो।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। त्यस्तै, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘रिमै’ चलिरहेको छ।

कोशेढुङ्गा
फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ देखि हलमा प्रदर्शनरत छ। फिल्मको कथा वैदेशिक रोजगारी र प्रेमकगालाई समेटेको छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्। फिल्ममा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, दिनेश काफ्ले, विशाल पहारीलगायत कलाकारको अभिनय छ।

शनिबार आइएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, कीर्तिपुर सिनेप्लेक्समा ‘कोशेढुङ्गा’ प्रदर्शनरत छ।

माग्ने राजा
फिल्म ‘माग्ने राजा’ भदौ ६ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक ऋषि लामिछाने हुन्। कलाकार केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म एकजना माग्नेको राजा बन्ने सपनामा आधारित छ। कमेडी मिश्रित सामाजिक कथामा बनेको फिल्ममा केदारसहित वर्षा शिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको बिएसआर मुभिजमा फिल्मको सो छ।

मोहर
फिल्म ‘मोहर’ पनि गत साउन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गरेको छ। फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक हुन्। फिल्ममा बेनिशा हमाल, नीति शाह, पल शाह, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिटी स्क्वायर मल, बिएसआर मुभिजमा फिल्मको सो छ।

गुन्यो चोलो
फिल्म ‘गुन्यो चोलो स् द ड्रेस’हलमा प्रदर्शन भइरहेको छ। फिल्मको कथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संघर्षको कथामा आधारित छ। फिल्मकी निर्देशक समुन्द्र भट्ट हुन्। नाजिर हुसेन मुख्य भूमिकामा रहेको फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठलगायत कलाकारको अभिनय छ।

क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिटी स्क्वायर मलमा फिल्मको एक सो छ।

प्रकाशित: ११ असोज २०८२ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast