कति कैदीबन्दी कारागार फर्किए, कति छन् फरार?

हिमाल प्रेस १० असोज २०८२ ११:५९
6
SHARES
कति कैदीबन्दी कारागार फर्किए, कति छन् फरार? फाइल तस्बिर।

काठमाडौँ- देशका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म ८ हजार ५४ जना कारागारमा फर्किएका छन्।

फर्किएकामा कारागारबाट भागेका ७ हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो।

उनका अनुसार अझै ६ हजार ४९४ कैदीबन्दी फरार छन्। फरार हुनेमा कारागारबाट भागेका ५ हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन्। उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए। यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ। कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन्।

प्रकाशित: १० असोज २०८२ ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast