इटहरीमा लेनदेन विवादले छिमेकीको हत्या

हिमाल प्रेस ९ असोज २०८२ ८:५९ | Thursday, September 25, 2025
इटहरीमा लेनदेन विवादले छिमेकीको हत्या

इटहरी- इटहरी उपमहानगरपालिका–१६, उब्दीमा लेनदेन विवादले ४२ वर्षीय रामकुमार चौधरीको हत्या भएको छ । बुधबार राति करिब ९ः३० बजेतिर स्थानीय ५० वर्षीय लाल चौधरीले कुटपिट गर्दा रामकुमारको टाउकोमा गम्भीर चोट लाग्यो।

गम्भीर घाइते भएका उनको उपचारकै क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहाको कमाण्डमा टोली खटिएको थियो।

घटनामा संलग्न लाललाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित: ९ असोज २०८२ ८:५९ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast