बाबुरामको राजीनामापछि नेसपा नयाँ शक्तिको संयोजकमा दुर्गा, सदस्य सचिवमा सोनाम

हिमाल प्रेस ८ असोज २०८२ १७:५९ | Wednesday, September 24, 2025
बाबुरामको राजीनामापछि नेसपा नयाँ शक्तिको संयोजकमा दुर्गा, सदस्य सचिवमा सोनाम

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिको विशेष विस्तारित बैठकले पार्टी संयोजकमा दुर्गा सोबलाई तोकेको छ। आज काठमाडौँमा बसेको बैठकमा डा.बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएपछि आगामी फागुनमा विशेष महाधिवेशन गर्ने गरी सोबलाई संयोजक तोकिएको हो। सोनाम स्याङ्ताङलाई सदस्य सचिव तोकिएको नेतृ हिसिला यमिले जानकारी दिइन्।

पार्टीले डा.भट्टराईको राजीनामालाई संगठनलाई पुनः व्यवस्थित गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि ल्याउने प्रयासका रूपमा व्याख्या गरेको छ। बैठकमा डा. भट्टराईले प्रस्तुत गरेको ‘जेनजी विद्रोह र वैकल्पिक राजनीतिक कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल भएको थियो।

प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, भ्रष्टाचारविरुद्ध कठोर कदम र सुशासनका मुद्दा प्रमुख रूपमा उठाइएका छन्। बैठकपछि नेताहरूले आगामी विशेष महाधिवेशनले पार्टीको नीतिगत दिशा र नेतृत्व टुंगो लगाउने बताएका छन्।

बाबुरामले दिए पार्टी अध्यक्षबाट राजीनामा

प्रकाशित: ८ असोज २०८२ १७:५९ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast