ट्रम्पले गरे रूस, चीन, भारत, युरोप र राष्ट्रसंघको आलोचना

हिमाल प्रेस ८ असोज २०८२ १२:५६
20
SHARES
ट्रम्पले गरे रूस, चीन, भारत, युरोप र राष्ट्रसंघको आलोचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस, चीन, भारत, युरोप र संयुक्त राष्ट्रसंघको आलोचना गरेका छन्। ट्रम्पले संयुक्त राष्ट्रसंघको ८०औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघको उद्देश्यप्रति प्रश्न उठाउँदै भने, ‘राष्ट्रसंघमा धेरै सम्भावना छ, तर त्यो अहिलेसम्म वास्तविकतामा परिणत भएको छैन।’

ट्रम्पले कुरा गरेर मात्र युद्ध नरोकिने बताए। राष्ट्रसंघमाथि केही गर्न नसकेको आरोप उनको छ। ट्रम्पले आफूले सात युद्ध रोकेर लाखौँ मानिसलाई बचाएको दाबी गरे। त्यसमा भारत र पाकिस्तान तनावको प्रसंग पनि थियो। ट्रम्पले चीन र भारतको पनि आलोचना गरेका छन्।

उनले भने, ‘यी दुवै देशले रूससँग व्यापार जारी राखेर युक्रेनमा युद्धका लागि पैसा उपलब्ध गराइरहेका छन्।’ उनले युरोपेली सहयोगीहरूलाई पनि रूसबाट तेल र ग्यास किनिरहेकामा आलोचना गरे। राष्ट्रपति ट्रम्पले भने, ग्युरोपेली देशहरूले आफैँ विरुद्धको युद्धका लागि पैसा उपलब्ध गराइरहेका छन्।’ उनले इरानमाथि ‘विश्वको नम्बर एक आतंक समर्थक देश’ भनेर आलोचना गरे।

ट्रम्पले हमासलाई गाजामा नियन्त्रणमा राखिएका इजरायी बन्धकहरूलाई मुक्त गर्न आग्रह गरे। उनले भने, ‘गाजाको लडाइँ बन्द हुनुपर्छ।’ तर उनले हालै पश्चिमी देशहरूले प्यालिस्टिनलाई राष्ट्रका रूपमा मान्यता दिने घोषणाको आलोचना गरे। उनले भने, ‘यो कदम हमासका लागि इनामजस्तै हो।’

संयुक्त राष्ट्रसंघ महासभामा हरेक वक्तालाई १५ मिनेटको समय दिइने प्रावधान छ, तर ट्रम्पले करिब एक घण्टा लामो सम्बोधन जारी राखेका थिए।

प्रकाशित: ८ असोज २०८२ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast