
काठमाडौँ- जेनजी विद्रोहपछि उत्पन्न नयाँ राजनीतिक परिस्थिति र त्यसले ल्याएको चुनौती तथा सम्भावनाबारे गहन छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक आज काठमाडौँमा सुरु भएको छ।
दीपज्योति ब्यांङ्कीट, बौद्ध पिपलबोट नजिक आयोजना गरिएको यस बैठकमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईद्वारा विशेष राजनीतिक प्रस्ताव पेस गरिनेछ। उक्त प्रस्तावलाई केन्द्रीय समिति र नेतृत्व तहले विस्तृत रूपमा बहस गर्ने जनाइएको छ।
बिहान १० बजेबाट सुरु भएको बैठकमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय सदस्य, प्रदेश संयोजक, जिल्ला संयोजक, आमन्त्रित प्रतिनिधि तथा विज्ञहरूको उपस्थिति रहेको छ।
बैठकमार्फत जेनजी विद्रोहले ल्याएको नयाँ राजनीतिक सन्दर्भमा पार्टीको रणनीति र भावी दिशा तय हुने बताइएको छ।
जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते देशभर प्रदर्शन गर्दा केपी ओली नेतृत्वको सरकार ढलेको थियो।