सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै २ लाख २१ हजार नाघ्यो

हिमाल प्रेस ७ असोज २०८२ ११:०४
8
SHARES
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै २ लाख २१ हजार नाघ्यो

काठमाडौँ- सुनको मूल्यमा फेरि रेकर्ड कायम भएको छ। मंगलबार सुन तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो।

जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो। उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो।

चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।

प्रकाशित: ७ असोज २०८२ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast