किङ योगीकाे निर्देशनमा फिल्म ‘मोना लिसा’ (ब्लडी लभ) बन्ने

हिमाल प्रेस ६ असोज २०८२ १२:४० | Monday, September 22, 2025
किङ योगीकाे निर्देशनमा फिल्म ‘मोना लिसा’ (ब्लडी लभ) बन्ने

काठमाडौँ- किङ योगीकाे लेखन तथा निर्देशनमा फिल्म ‘मोना लिसा’ (ब्लडी लभ) बन्ने भएको छ।

आज घटस्थापनाको अवसरमा एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो।

फिल्म बी एन्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्नेछ।

सार्वजनिक पोस्टरमार्फत फिल्म​लाई ‘ब्लडी लभ’ (रगतिलो प्रेम) भन्ने ट्यागलाइन दिइएको छ। यसले रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत दिएको छ। टिमकाअनुसार फिल्म​ले प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषयलाई प्रस्तुत गरिनेछ।

फिल्म​मा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने अक्स इन्टरनेसनल स्टुडियोजले जानकारी दिएको छ।

अहिले फिल्म​को प्रारम्भिक तयारीसँगै कलाकार छनोट कार्य भइरहेको छ। फिल्म अंग्रेजी वर्ष २०२६ मा प्रदर्शन गर्ने टिमको योजना छ।

प्रकाशित: ६ असोज २०८२ १२:४० | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast