९ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच

हिमाल प्रेस ५ असोज २०८२ १६:१२
6
SHARES
९ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच सेयर बजार

काठमाडौँ– आगजनी र तोडफोडका कारण भदौ २३ र २४ गते बजारमा आएको ठूलो गिरावटपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार १११.७० अंकले बढेको छ। आइतबार ९ अर्ब १७ करोड रुपैयाँ बराबरका कुल २ करोड ३ हजार कित्ता सेयर किनबेच भए स्टक एक्सचेन्जले जनाएको छ।

बिहान बजार खुलेपछि परिसूचक दुई घण्टा नपुग्दै २,६३४.५५ विन्दुमा पुगेको थियो। त्यसपछि केही अंक गुमाए पनि अन्ततः परिसूचक ४.४४ प्रतिशतले बढ्दै २,६२८.६५ विन्दुमा बन्द भएको छ। निरन्तर ६ दिनको गिरावट तोडिँदै परिसूचक पुनः २,६०० विन्दुको मनोवैज्ञानिक तहमाथि फर्किएको छ।

भदौ २५ गते बिहीबारको कारोबार भने तीन पटक सर्किट ब्रेकर लागेपछि केही मिनेटमै बन्द भएको थियो। आइतबार बजार व्यापक रूपमा सकारात्मक रह्यो। २२४ कम्पनीका सेयर बढे भने २८ मात्र घटेका छन्। नौ कम्पनीको सेयर १० प्रतिशतले उकालो लागेका छन् भने २१ कम्पनीका सेयर ९ प्रतिशतभन्दा बढीले बढेका छन्।

कारोबारको शीर्षमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड रह्यो, जसको ८३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। हिमालयन रिइन्स्योरेन्स लिमिटेड ४८ करोड २६ लाखसहित दोस्रो र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड ३० करोड ४८ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहे।

म्युचुअल फन्ड र नन–लाइफ इन्स्योरेन्सबाहेक सबै उपसमूह हरिया रहेका छन्। ट्रेडिङ उपसूचक ८.६६ प्रतिशत, लगानी ७.६८ प्रतिशत र विकास बैंक ६.०७ प्रतिशतले बढेका छन्। बजारको प्रमुख उपसूचक बैंकिङ पनि ४‍.५२ प्रतिशतले उक्लिएको थियो।

प्रकाशित: ५ असोज २०८२ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast