मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

हिमाल प्रेस ५ असोज २०८२ ७:५७
6
SHARES
मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

काठमाडौँ- पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड अझै सञ्चालनमा सकेको छैन। तुइन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

आइतबार बिहानैदेखि पहिरो हटाउन थालिएको छ । कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६:३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ। पहिरो खस्न नरोकिएपछि शनिबार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आज बिहानबाट सुरु भएको हो ।

यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ । सकभर वैकल्पिक सडकको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित: ५ असोज २०८२ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast