मुग्लिन-नारायणगढ सडक चार घण्टापछि दुईतर्फी सञ्चालनमा

हिमाल प्रेस १२ साउन २०८३ १४:०३ | Tuesday, July 28, 2026
8
SHARES
मुग्लिन-नारायणगढ सडक चार घण्टापछि दुईतर्फी सञ्चालनमा

काठमाडौँ- मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

मंगलबार बिहान करिब साढे ८ बजे सडकमाथिबाट अचानक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिँदा यात्रुहरू केही समय बाटोमै अलपत्र परेका थिए भने सडकको दुवैतर्फ सवारीको जाम लागेको थियो।

पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो। करिब तीन घण्टाको प्रयासपछि सडकमा थुप्रिएको ढुंगा र माटो हटाइएपछि सडक पुनः दुवैतर्फबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

हाल यस सडकखण्डमा सवारीसाधनको आवागमन सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। यद्यपि वर्षायामका कारण यस क्षेत्रमा पुनः पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक सतर्कता अपनाएर यात्रा गर्न तथा सम्बन्धित निकायको सूचना पालना गर्न प्रहरीले चालक तथा यात्रुलाई आग्रह गरेको छ।

 

प्रकाशित: १२ साउन २०८३ १४:०३ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast