माओवादी केन्द्र फरक धातुका मान्छेहरूको पार्टी हो, निराश हुनु पर्दैन : प्रचण्ड

हिमाल प्रेस ३ असोज २०८२ ११:३८
10
SHARES
माओवादी केन्द्र फरक धातुका मान्छेहरूको पार्टी हो, निराश हुनु पर्दैन : प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड।’ फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई अरू दलसँग तुलना गर्न नसकिने बताएका छन्। उनले माओवादी केन्द्र फरक धातुका मान्छेहरूले बनेको पार्टी भएको भन्दै साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिले यसलाई अरू दलजस्तै देखाउन खोजेको आरोप लगाए।

संविधान दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनभावना अनुरूप आवश्यक परे जस्तोसुकै क्रमभंग गर्न नेतृत्व तयार रहेको बताए। ‘के गरी जनभावना सम्बोधन गर्ने भन्ने कुरा नेतृत्वलाई थाहा छ। निरन्तरतामा क्रमभंग हुन्छ भन्ने गरिन्छ तर फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार हुन्छ,’ उनले भने।

उनले माओवादी केन्द्रमा कमीकमजोरी भएको स्वीकार्दै आत्मसमीक्षा गरिएको बताए। ‘इतिहास र वर्तमानको समीक्षा गर्दा थुप्रै कमजोरी भएका छन् भन्ने निष्कर्षमा पुगेका छौं,’ प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले हालका चुनौती र क्षतिबाट शिक्षा लिएर आगामी दिनमा अझ सबल र प्रभावकारी पार्टी निर्माण गर्ने विश्वास व्यक्त गरे। उनले भने,‘हामी निराश हुनु पर्दैन। उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नेछौं, संविधानमार्फत स्थायित्व र विकासका लागि आवश्यक संशोधन गर्नेछौं र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नेछौं।’

प्रकाशित: ३ असोज २०८२ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast