काठमाडौँ- दसैँका लागि अग्रिम बस टिकटका लागि नयाँ बसपार्कमा यात्रुको भीड लागेको छ। आज बिहानैदेखि टिकटका लागि यात्रु लाइनमा उभिएका छन्।
देशका विभिन्न क्षेत्रबाट काठमाडौँमा अध्ययन, रोजगारी र व्यवसायका लागि बस्ने नागरिक चाडपर्व मनाउन घर फर्किने भएकाले यात्रुको चाप बढेको हो।
दार्चुला, धनगढी, बझाङ, बाजुरा, सल्यान, रुकुम, रोल्पा, प्युठान, ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायत जाने यात्रुको चाप बढी रहेको छ।



प्रकाशित: २ असोज २०८२ १६:०८ | Thursday, September 18, 2025
प्रतिक्रिया




