चीन नवप्रवर्तनशील राष्ट्रहरूको शीर्ष १० मा

हिमाल प्रेस १ असोज २०८२ १७:२४
8
SHARES
चीन नवप्रवर्तनशील राष्ट्रहरूको शीर्ष १० मा

बर्लिन- चीन पहिलो पटक संयुक्त राष्ट्रसंघको वार्षिक सर्वाधिक नवप्रवर्तनशील राष्ट्रहरूको शीर्ष १० सूचीमा प्रवेश गरेको छ। यस क्रममा उसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीलाई प्रतिस्थापन गरेको हो। बेइजिङस्थित कम्पनीहरूले अनुसन्धान र विकासमा ठूलो लगानी गर्दै आएका छन्।

सन् २०११ देखि निरन्तर पहिलो स्थानमा रहेको स्विट्जरल्यान्ड यसपटक पनि शीर्ष स्थानमा रह्यो। त्यसपछि दोस्रोमा स्विडेन र तेस्रोमा संयुक्त राज्य अमेरिका रहे।

चीन भने १३९ अर्थतन्त्रहरूको ७८ सूचकांकका आधारमा गरिएको ग्लोबल इन्नोभेसन इन्डेक्स (जीआईआई) सर्वेक्षणमा दसौँ स्थानमा रहेको हो।

दीर्घकालीन दृष्टिले हेर्दा जर्मनीले आफ्नो ११औँ स्थानमा झर्नुलाई ठूलो चिन्ताको विषय मान्न नपर्ने जीआईआईका सहसम्पादक साचा वुन्स्च भिन्सेन्टले बताए। सूचीमा रहेका १० शीर्ष राष्ट्रमध्ये चौथोदेखि नवौँसम्म क्रमश: दक्षिण कोरिया, सिंगापुर, बेलायत, फिनल्यान्ड, नेदरल्यान्ड्स र डेनमार्क छन्।

प्रकाशित: १ असोज २०८२ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast