
काठमाडौँ- राष्ट्रिय किताबखाना शिक्षकले सार्वजनिक पद धारण गरेका शिक्षकलाई आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण बुझाउन पुनः आग्रह गरेको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदमा रहने प्रत्येक व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि तोकिएको मिति (२०८२ भदौ २९) सम्म सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई थप समय दिइएको हो।
मन्त्रालयले तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन नसकेका शिक्षकले कारणसहितको निवेदन र कार्यरत विद्यालयको सिफारिस संलग्न गरी असोज २८ सम्म विवरण दर्ता गर्न सक्ने जानकारी दिएको छ।
प्रकाशित: ३१ भदौ २०८२ १६:३०
प्रतिक्रिया