तोडफोडबाट क्षतिग्रस्त भए पनि सेवामा अविचलित रहने एनसेलको प्रतिबद्धता

हिमाल प्रेस ३० भदौ २०८२ १३:३४ | Monday, September 15, 2025
तोडफोडबाट क्षतिग्रस्त भए पनि सेवामा अविचलित रहने एनसेलको प्रतिबद्धता Ncell Logo

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा तोडफोड भएका घटनाबाट आफ्नो काठमाडौँस्थित मुख्य कार्यालय ‘एनसेल आइकन’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको एनसेल नेपालले जनाएको छ। कम्पनीका अनुसार घटनाले भौतिक क्षतिसँगै कर्मचारीहरूको सुरक्षामा समेत जोखिम उत्पन्न गरेको छ।

एनसेलले यस्ता चुनौतीपूर्ण अवस्थामा पनि सेवामा निरन्तरता दिने उद्देश्यमा तीन दिनसम्म नि:शुल्क स्थानीय भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराएको जनाएको छ। कम्पनीले विगत २० वर्षदेखि नेपालभर दूरसञ्चार सेवा पुर्‍याउँदै आएको र यसले ग्राहकप्रतिको समर्पणलाई झल्काएको जनाएको छ।

नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै एनसेलले परिवर्तनलाई सकारात्मक रुपमा स्वागत गरेको छ। कम्पनीले युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनले देशमा एकता, शान्ति र समृद्धि ल्याउने आशा व्यक्त गरेको छ।

एनसेलले नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा रूपान्तरण, रोजगारी सिर्जना, आर्थिक वृद्धिमा टेवा र डिजिटल नेपाल निर्माणको यात्रामा निरन्तर साथ दिने प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीले आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा अझ दृढ संकल्पका साथ सेवा गर्ने घोषणा गरेको छ।

गत हप्ताको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि एनसेलले गरेको छ।

प्रकाशित: ३० भदौ २०८२ १३:३४ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast