शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र दरखास्त फारामको म्याद थप्यो

हिमाल प्रेस २९ भदौ २०८२ १५:०५ | Sunday, September 14, 2025
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र दरखास्त फारामको म्याद थप्यो

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको लागि दरखास्त फाराम भर्ने म्याद थप गर्ने निर्णय गरेको छ।

आयोगले गत साउन ३१ गते प्रकाशित सूचनाअनुसार फाराम भर्नको लागि आवेदन लिन थालेको थियो। तर,आयोगको अनलाइन पोर्टल www.license.tsc.gov.np
मा भदौ २४ गते रातिदेखि प्राविधिक समस्या उत्पन्न भई अवरुद्ध भएको कारण सेवाग्राहीलाई असुविधा भएको भन्दै म्याद थपिएको आयोगले जनाएको छ।

आयोगका अनुसार सिंगल दस्तुर तिरेर दरखास्त दिने अन्तिम मिति असाेज ४ गतेसम्म तोकिएको छ। त्यसअनुसार राजश्व दस्तुर तिर्ने समयावधि सोको भोलिपल्ट कार्यालय समयभित्र हुनेछ।

यस्तै, दोब्बर दस्तुर तिरेर फाराम भर्ने आवेदकका लागि अन्तिम मिति असोज ११  गतेसम्म रहनेछ। यसमा पनि दस्तुर बुझाउने समयावधि सोको भोलिपल्ट कार्यालय समयभित्र रहनेछ।

प्रकाशित: २९ भदौ २०८२ १५:०५ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast