 प्रतीकात्मक तस्बिर।
                             प्रतीकात्मक तस्बिर।
                                            काठमाडौँ- विराटनगर महानगरपालिका-१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार उक्त महानगरपालिका-१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो।
प्रहरीले मे.१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ।
                            प्रकाशित: २९ भदौ  २०८२ १३:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 