काठमाडौँ- आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो।
आइतबार सुन प्रतितोला २ लाख १५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आइतबार चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ।
शुक्रबार प्रतितोला दुई हजार पाँच सय ६५ रुपैयाँ कारोबार भएको चाँदी आइतबार तोलाको दुई हजार पाँच सय ७० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: २९ भदौ २०८२ ११:३३ | Sunday, September 14, 2025
प्रतिक्रिया



