एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने

हिमाल प्रेस २८ भदौ २०८२ २०:२९ | Saturday, September 13, 2025
एमालेले संविधान पक्षधर शक्तिसँग सहकार्य गर्ने नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ– नेकपा (एमाले) ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्ने भएको छ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर मुलुकमा उत्पन्न असमान्य परिस्थितिमाझ देशको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धिको रक्षाका लागि संविधान पक्षधर शक्तिहरूबीच निरन्तर संवाद, समझदारी निर्माण र सहकार्य आवश्यक भएकामा जोड दिएका छन्।

महासचिव पोखरेलले यही भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि राजनीति नयाँ प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री नियुक्त हुने बित्तिकै उनकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट गरिएको प्रतिनिधिसभा विघटनको घोषणाप्रति नेकपा (एमाले) गम्भीर भएको बताएका छन्।

एमालेले यही भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।

प्रकाशित: २८ भदौ २०८२ २०:२९ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast