काठमाडौँ- जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार असोज ४ गतेसम्म बन्द रहने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार सूचना जारी गर्दै आगामी असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जनाएको हो। ३ गते (संविधान दिवस/राष्ट्रिय दिवस) र ४ गते (शनिबार) सार्वजनिक बिदा भएकाले सेयर कारोबार हुने छैन।
‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा (१) खण्ड (घ) बमोजिम आज मिति २०८२ भदौ २७ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएअनुसार मिति २०७२ भदौ २९ देखि मिति २०८२ असोज २ गतेसम्म धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ’, नेप्सेको सूचनामा भनिएको छ।
प्रकाशित: २७ भदौ २०८२ १७:५६ | Friday, September 12, 2025
प्रतिक्रिया



