जेनजी प्रदर्शन : कोशीमा मृतकको संख्या चार पुग्यो

हिमाल प्रेस २७ भदौ २०८२ १२:१२
जेनजी प्रदर्शन : कोशीमा मृतकको संख्या चार पुग्यो

इटहरी- कोशी प्रदेशमा जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ। झापाको बिर्तामोडमा नेपाल प्रहरीसँगको झडपमा घाइते भएका पाँचथर हिलिहाङ-२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो।

यसअघि झडपमा झापा अर्जुनधाराका ३० वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो। यसैगरी भदौ २४ गते एकैदिन सुनसरीको इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी-१४ का मोहन सरदारको मृत्यु भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार प्रदेशभरी हाल चार जनाको मृत्यु भएको हो। भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताए।

नेपाली सेनासँग समन्वय गरी विवरण संकलन भइरहेको उनले बताए। उनले भने,‘सबै क्षेत्रबाट विवरण संकलन भएपछि संयुक्त अपरेशन टोलीमा जानकारी हुन्छ। त्यसपछि मात्रै फाइनल रिपोर्ट सार्वजनिक हुन्छ।’

प्रदर्शन नियन्त्रणमा लिने क्रममा केही प्रहरी सामान्य घाइते भए पनि गम्भीर घाइते नभएको र सम्पर्कविहीन रहेका करिब ८-१० जना प्रहरीहरू पनि सुरक्षित रहेको उनले जानकारी दिए।

प्रकाशित: २७ भदौ २०८२ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast