देशभरका फिल्म हल अनिश्चितकालीन बन्द

हिमाल प्रेस २७ भदौ २०८२ १२:०८ | Friday, September 12, 2025
देशभरका फिल्म हल अनिश्चितकालीन बन्द

काठमाडौँ- जेनजी आन्दोलनको प्रभाव अहिले देशभरका फिल्म हल बन्द छ। देशका ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाज, आईएनआई र वान सिनेमाज लगायत अधिका‌ंशले सूचना जारी गर्दै हल बन्द गरिएको घोषणा गरेका छन्।

जारी सूचनामा जेनजी आन्दोलनपश्चात उत्पन्न परिस्थितिका कारण हलहरू बन्द गरिएको उल्लेख गरिएको छ। साथै, बिग मुभिज, बिएसआर, एफक्युब, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्सलगायत प्रायः हलले फेसबुक पेजमा जारी सुचनामा पनि हल खुल्ने समय अनिश्चित छ।

अर्को सूचना जारी नभएसम्म हल बन्द हुने जारी विज्ञप्तिमा भनिएको छ। साथै दर्शकले खरिद गरेका टिकट कार्यालय पुनः सञ्चालन भएपछि पूर्ण रूपमा फिर्ता गरिनेसमेत जनाइएको छ।

 भदौ २४ (मंगलबार) देखि नै  देशका अधिकांश फिल्म हलहरू बन्द छ।

प्रकाशित: २७ भदौ २०८२ १२:०८ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast