बिरालोले मुसालाई खेलाए जस्तो गर्नु जेनजीहरूको सपना र संघर्षप्रतिको अपमान हो : सन्तोष सेन

हिमाल प्रेस २७ भदौ २०८२ ११:०२ | Friday, September 12, 2025
बिरालोले मुसालाई खेलाए जस्तो गर्नु जेनजीहरूको सपना र संघर्षप्रतिको अपमान हो : सन्तोष सेन

काठमाडौँ- फिल्म निर्देशक सन्तोष सेनले जेनजीलाई बिरालोले मुसालाई खेलाए जस्तो गर्नु, जेनजीहरूको सपना र संघर्षप्रतिको अपमान भएको बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, जेनजी युवा नेतृत्वसहित विभिन्न सरोकारवाला पक्षसँग अन्तरिम सरकार चुन्ने विषयमा भइरहेको तीव्र छलफलकाे समयमा निर्देशक सेनले फेसबुकमा यस्तो धारणा राखेका हुन्।

‘बिरालोले मुसालाई खेलाए जस्तो गर्नु, उनीहरूको सपना र संघर्षप्रतिको अपमान हो। तिनीहरूको ज्वलन्त ऊर्जामा भोलिको सम्भावना धड्किरहेको छ। आफ्नो भूमिमा न्याय, पारदर्शिता र आत्मसम्मान रोप्ने अठोट छ। हामी सबैले यो चेत राख्नुपर्छ,’ उनले लेखेका छन्, ‘देशप्रति समर्पणलाई खेलौना नबनाऔं। तिनीहरूको आवाजलाई क्षणिक हुरी जस्तो नठानौं, बेवास्ता गरौं।’

जेनजीलाई सामान्य आँकडामा नहेर्न आग्रह गर्दै उनले जेनजीको स्वार्थ व्यक्तिगत लोभ नभएर देशलाई नयाँ बाटोमा उभ्याउने गहिरो चाहना रहेको भनाइ व्यक्त गरेका छन्।

प्रकाशित: २७ भदौ २०८२ ११:०२ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast