राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफू विचारविमर्श एवं हर प्रयासमा रहेको बताएका छन्।
उनले बिहीबार यस्तो अपिल गरेका हुन्। पौडेलले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन अपिल गरेका छन्। उनले भनेका छन्, ‘संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु।’

प्रकाशित: २६ भदौ २०८२ १५:१७ | Thursday, September 11, 2025
प्रतिक्रिया




