सुशीला कार्कीले स्वीकार गरिन् जेनजीको प्रस्ताव

हिमाल प्रेस २५ भदौ २०८२ १७:३६ | Wednesday, September 10, 2025
सुशीला कार्कीले स्वीकार गरिन् जेनजीको प्रस्ताव पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ सरकारको नेतृत्व लिन जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन्। जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य राष्ट्रविमोचन तिमल्सिना (र्‍यान्डम नेपाली) ले उक्त जानकारी दिएका हुन्।

जेनजी समूहले बुधबार गरेको भर्जुअल छलफलमा सहभागीमध्ये अधिकांशले पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकारको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली सेनाले जेनजीका प्रतिनिधिलाई वार्तामा बोलाइरहँदा उनीहरूबीच विभिन्न नेताहरूका विकल्पबारे छलफल जारी छ।

भर्चुअल बैठकमा समूहका प्रतिनिधिहरूले सर्वसम्मत मानिने व्यक्ति खोज्दा कार्की सही पात्र हुन सक्ने निष्कर्ष निकालिएको तिमल्सिनाको भनाइ छ।

विकल्पका रूपमा सागर ढकाललाई राखिएको छ। ढकालले अरू कोही अगाडि नबढेमा आफू तयार रहेको बताएका छन्।

प्रकाशित: २५ भदौ २०८२ १७:३६ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast