‘जेनजी आन्दोलनकारी’ ले जलाएका घरमा भेटिन थाले शव

हिमाल प्रेस २५ भदौ २०८२ १४:४४ | Wednesday, September 10, 2025
‘जेनजी आन्दोलनकारी’ ले जलाएका घरमा भेटिन थाले शव

काठमाडौँ- ललितपुरको ढोलाहिटीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा मंगलबार भएको आगजनीपछि आज एक जनाको जलेको शव फेला परेको छ।

घर बन्द अवस्थामा रहेकाले आगलागीका क्रममा कोही आन्दोलनकारी नै जलेको हुनसक्ने अनुमान गरिएको छ। केहीले भने उक्त शव घरमा काम गर्ने व्यक्तिको हुन सक्ने बताएका छन्।

शव पुरुषको भए पनि त्यो घरका सदस्यको नभएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको अनुसन्धानका लागि प्रहरीले टोली खटाएको छ।

यसैबीच, पोखराको नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका अध्यक्ष ध्रुव थापाको जलेको घरमा पनि एक महिलाको शव फेला परेको छ।

मंगलबार आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापाको घर र व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुव थापाको घर र गाडी शोरूममा आगजनी गरेका थिए।

त्यस्तै, पोखराकै लेकसाइडमा रहेको अंशुभरा ग्रुपको भवनमा पनि आज अर्को युवतीको जलेको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ।

मंगलबार जेनजी समूहले विभिन्न नेता र सार्वजनिक भवनहरूमा तोडफोड तथा आगजनी गरेपछि आजबाट नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

यही नियन्त्रणको क्रममा जलेका भवनहरूमा शवहरू फेला पर्न थालेका हुन्।

प्रकाशित: २५ भदौ २०८२ १४:४४ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast