जेनजी आन्दोलनपछि घनश्याम भुसालको आत्मालोचना- मेरो पुस्ताको नालायकीप्रति लज्जित छु

हिमाल प्रेस २५ भदौ २०८२ १३:२३
जेनजी आन्दोलनपछि घनश्याम भुसालको आत्मालोचना- मेरो पुस्ताको नालायकीप्रति लज्जित छु

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले हालै भएको युवाको आन्दोलन र त्यसमा भएको हिंसात्मक घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत एक सार्वजनिक अपिल जारी गरेका छन्।

नेता भुसालले भदौ २३ गते ‘जेनजी’ पुस्ताले उठाएको माग र आचारसंहितालाई सराहना गर्दै आन्दोलनमाथि सरकारले गरेको ‘राक्षसी आक्रमण’ ले मुलुकलाई गम्भीर अस्थिरतातर्फ धकेलेको बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई ‘नालायकीको पराकाष्ठा’ भन्दै आलोचना गरे। आन्दोलनपछि देशभर भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी र लुटपाटलाई स्वतःस्फूर्त जनआक्रोश मात्र नभई पर्दा पछाडिबाट सञ्जालित योजनाको परिणाम भएको आशंका व्यक्त गरे।

भुसालले मुलुक युक्रेन, लिबिया वा बङ्गलादेशको बाटोतर्फ जान सक्ने खतरा औंल्याउँदै अबको यथार्थ नयाँ विचार, राजनीति र नेतृत्व निर्माणमा रहेको बताएका छन्। उनले पुराना नेताहरूको असफलता स्वीकार गर्दै ‘अब बाटो देखाउने महापुरुष बाँकी छैन’ भनेका छन्।

उनले आन्दोलनमा होमिएका युवाप्रति समर्थन व्यक्त गर्दै भनेका छन्, ‘प्रिय नौजवान युवाहरु (जेनजी), मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु, माफी माग्छु तर तपाईंहरूलाई अरूले लुट्न नपाउन्।’

भुसालले सबै नागरिकलाई धैर्य, दूरदृष्टि र हिम्मतका साथ परिस्थितिको मूल्याङ्कन गर्दै नयाँ बाटोको खोजी गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast