डिल्लीबजार कारागारमा तनाव, कैदीबन्दीको ढुंगामुढापछि प्रहरीले गर्‍यो हवाइफायर

हिमाल प्रेस २५ भदौ २०८२ ११:१८ | Wednesday, September 10, 2025
डिल्लीबजार कारागारमा तनाव, कैदीबन्दीको ढुंगामुढापछि प्रहरीले गर्‍यो हवाइफायर प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- काठमाडौँको चारखालस्थित डिल्लीबजार कारागारमा आज तनावपूर्ण स्थिति सिर्जना भएको छ। कारागारभित्र रहेका कैदीबन्दीले ढुंगामुढा गर्दै नाराबाजी गरेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाइफायर गर्नु परेको कारागार प्रशासनले जानकारी दिएको छ।

तनावको सुरुवात अन्य कारागारबाट कैदीबन्दीलाई आममाफी वा विशेष कारणले छोडिएको भन्दै डिल्लीबजार कारागारका कैदीहरूले पनि आफूहरूलाई छोड्नुपर्ने माग राख्दै प्रदर्शन गरेपछि भएको हो। प्रदर्शनक्रममा कैदीहरूले जेल परिसरभित्र ढुंगामुढा गरेका थिए।

अहिले घटनास्थलमा नेपाली सेनाको टोली समेत पुगेको छ र कारागारलाई नियन्त्रणमा लिने प्रयास भइरहेको स्रोतले जनाएको छ। सुरक्षाको दृष्टिकोणले बाहिरी आवागमनमा कडाई गरिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: २५ भदौ २०८२ ११:१८ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast