सेनाले बरामद गर्‍यो ३३ लाखभन्दा बढी नगद र ३१ नाल हतियार

हिमाल प्रेस २५ भदौ २०८२ ११:०२ | Wednesday, September 10, 2025
सेनाले बरामद गर्‍यो ३३ लाखभन्दा बढी नगद र ३१ नाल हतियार

काठमाडौँ- नेपाली सेनाले लुटपाटमा संलग्न व्यक्तिबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको जनाएको छ। काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिबाट उक्त रकम बरामद गरिएको हो।

यसैगरी काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका ३१ नाल हतियार तथा म्यागजिन एवं गोलीगठ्ठा बरामद गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाले तीनवटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको जनाएको छ। साथै बुधबार बिहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जिउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उत्छृंखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको सेनाको सुरक्षा अपडेटमा उल्लेख छ।

यसैगरी २३ जना सुरक्षाकर्मी र तीनजना गैरसैनिक व्यक्तिहरुको सैनिक अस्पतालमा उपचार गरिएको छ।

 

प्रकाशित: २५ भदौ २०८२ ११:०२ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast