प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्दै

हिमाल प्रेस २४ भदौ २०८२ १९:०४
236
SHARES
प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देल

काठमाडौँ- जेनजीको प्रदर्शन मत्थर नभएपछि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले अबको केहीबेरमा सम्बोधन गर्न लागेका हुन।

उनकै सक्रियतामा यसअघि मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका थिए।

त्यो आग्रहपछि सेनाले आफ्नो एकल वक्तव्य जारी गरी सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अनुरोध गर्‍यो। तर पनि आन्दोलन मत्थर नहुने र सेनाको गाडी रोक्ने समेत गरेपछि प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

जेनजी प्रदर्शनमा सोमबार सरकारी दमन भएको थियो। जसका कारण निर्दोष युवाहरूको ज्यान गुमाउनु परेको थियो।

सयौँ युवा घाइते भएर अस्पतालमा उपचारार्थ छन्। त्यसपछि मंगलबार जेनजी प्रदर्शन नेताहरूको निवासलक्षित थियो। युवाहरूले उनीहरूको निवासमा आगजनी गरेका छन्।

योसँगै महत्त्वपूर्ण प्रशासनिक निकाय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवास शीतलनिवासलगायत सबैतिर आगजनी गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले पनि संयमता अपनाउन आग्रह गर्दै जेनजीलाई वार्तामा बोलाएका छन्। यसबाहेक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, डा. सन्दुक रुइत, कुलमान घिसिङ, पूर्व प्रधानन्याधीशलगायतले प्रदर्शनकारीलाई संयम रही सार्वजनिक सम्पत्तिमा नोक्सान नगर्न अनुरोध गरेका छन्।

स्थिति असामान्य बनेपछि सेनाकै सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन्। नेतृत्व संकट गहिरिइरहेको र प्रदर्शन चर्किरहेकाले प्रधानसेनापतिबाट हुन लागेको सम्बोधन निकै अर्थपूर्ण छ।

प्रकाशित: २४ भदौ २०८२ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast